arrow

नेपालको ऊर्जामा लगानी गर्न अष्ट्रेलिया इच्छुक,यस्तो भयो उर्जा मन्त्रालयमा सहमति

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
edit-hydro-bhari-babai-project.jpeg

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न छलफल भएको छ । उर्जा, जल स्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडबीच उर्जा क्षेत्रमा सहकार्य गर्न छलफल भएको हो । शुक्रबार सिंहदराबारस्थित मन्त्रालयमा भएको भेटमा उर्जा र जल विद्युत क्षेत्रमा दुबै मुलुकले सहकार्य गर्ने छलफल भएको र नेपालको उर्जा क्षेत्रमा लगानी गर्न अष्ट्रेलियाले चासो देखाएको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।

छलफलका क्रममा ऊर्जामन्त्री पुनले अष्ट्रेलियन सरकारले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरे । उनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका लागि श्वेतपत्र जारी गरेको जानकारी समेत अष्ट्रेलियन राजदुतलाई जानकारी गराए । उर्जा क्षेत्रको श्वेत पत्र निकालेको भन्दै आगामी  १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य आफ्नो रहेको बताए ।
 
लक्ष्य अनुसार उर्जा उतपादन गर्नका लागि थप लगानी आवश्यक रहेकाले त्यसका लागि अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको अपेक्षा राखेको उनले बताए । अष्ट्रेलियन राजदूत बडले ऊर्जा क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको भन्दै  आवश्यक सहयोग गर्न अष्ट्रेलियन सरकार तयार रहेको बताए । विशेष गरी उनले  सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु इच्छुक रहेको बताए ।

त्यस्तै ऊर्जा उत्पादनका विषयमा उर्जा मन्त्रालय मातहतका निकायलाई विज्ञ उपलब्ध गराउने र प्राविधिक सहयोग गर्न अष्ट्रेलियन सरकार तयार रहेको उनले बताए ।

प्राविधिक सहयोगसम्बन्धमा हस्ताक्षर
यसैगरी ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री पुनको उपस्थितिमा शुक्रबार कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेशनका अधिकारीबीच १२ बुँदे सहझदारीपत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय महत्वका जलविद्युत् परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने विषयमा समझदारीपत्र केन्द्रीत रहेको प्रबन्ध निर्देशक पन्तले बताए ।  त्यसैगरी समझदारी अनुसार अष्ट्रेलियाले विद्युत् गृहकोस्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमासमेत सहयोग गर्ने बाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ