arrow

लालबाबुले दिए पेट्रोलियम पदार्थमा कर नलिन निर्देशन

के गर्ला विरगञ्ज महानगरले ?

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
Lalbabu-Pandit.jpg.jpeg

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने सवारी साधन र पेट्रोलियम पदार्थमा उठाउँदै आएको कर नउठाउन निर्देशन दिएको मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका उपसचिव विष्णुदत्त गौतमले जानकारी दिए ।

महानगरले उठाउँदै आएको उक्त शुल्क नेपालको संविधान र अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ विपरित भएकाले नउठाउन निर्देशन दिइएको गौतमले बताए।

संविधानमा उल्लेख गरिएका भूमि कर, सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, पार्किङ र सेवा शुल्क कर तथा वित्तीय व्यवस्थापन ऐनबमोजिम घरजग्गा रजिष्ट्रेशन कर, मनोरञ्जन कर र विज्ञापन कर प्रदेशबाट निर्धारित बमोजिम उठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले संविधान र कानूनविपरीत हुने गरी कर नउठाउनसमेत महानगरपालिकालाई निर्देशन दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ