arrow

इंगल्याण्डमा नेपालको सहज अभ्यास जित, पारसको अविष्मरणीय सतक 

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
paras-khadka.jpg.jpeg

काठमाडौँ । युरोप भ्रमणमा रहेको नेपालले इंगल्याण्डमा आकर्षक अभ्यास खेल खेलेको छ । कप्तान पारस खड्काले अविष्मरणीय सतक बनाएपछि नेपालले हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २४३ रनको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रनको फराकिलो इनिङ बनाउन सफल भयो । पारसले १०६ बलको सामना गर्दै १६१ रन बनाए । रोहित पौडेलले ४४ रन जोडे ।

बलिङतर्फ होग्सका मिलेस कभर र जोन पोर्टोलले समान ३–३ विकेट लिए । जवाफमा हैम्पसायर सस्तैमा रोकियो । ३७.१ ओभरमात्र मैदानमा रहन सकेको हैम्पसायरले ११९ रन मात्रै बनाएर पभेलियन फर्कियो । 

ललितनारायण राजवंशीले आकर्षक बलिङ गरे । उनले ५ विकेट लिए ।

नेपालले चार अभ्यास खेल खेल्ने तयारी गरेको छ । अब जुलाई २३ तारिखमा सेन्ट क्रससँग टी–२० खेल खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ