arrow

बायर्न म्युनिखले पीएसजीलाई हरायाे

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
bayern.JPG

एजेन्सी । अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ । प्रि–सिजन तयारीमा रहेका दुई क्लबबीचको भिडन्तमा बायर्नलाई ३–१ को सफलता मिलेको हो । 
प्रशिक्षक निको कोभास पहिलो खेलमै बायर्नले जिते भन्दै खुसी भएका छन् ।  १–० ले पछि परेको स्थितीलाई उल्ट्यादै बायर्नले खर्चिलो क्लब पीएसजीमाथी जित निकाल्यो । टिमोथी वाहले ३१औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । जाभी मार्टिन्जले ६० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

६८ औ मिनेटमा रेनेटो साञ्चेजले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । ७८औ मिनेटमा युवा खेलाडी जोसु जिकृजीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । पीएसजीले पाका गोलरक्षक जियानलुईजी बुफोनसहित नयाँ खेलाडी मैदानमा उतारेको थियो । तर, जित निकाल्न सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ