काठमाडौं। यस गर्मीमा धेरै भन्दा धेरै ग्राहकहरु माझ पुगेर रिफ्रेशमेन्ट दिन, नेपालकै प्रतिष्ठित पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको ‘रिफ्रेस एण्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ। ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरीद गरि यो योजनामा सहभागी हुन सक्नेछन्। यो योजनामा ग्राहकले रु १० देखी रु ५०००८ सम्मको रिचार्ज प्राप्त गर्न सक्नेछन्।
यो योजना भरीमा ग्राहकहरुले ४ करोड ८ रुपैया बराबरको रिचार्ज जित्न सक्नेछन्। कम्पनीले उक्त अफरको ट्याग लाइन –‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारा सहिते ल्याएको हो। स्प्राइटले रिफ्रेर्समात्र गराउदैन, तपाईको फोन समेत रिचार्ज गराउँछ भनेर उक्त ट्याग लाइनले सार्थक पार्छ।
यो अभियानको भागको रूपमा स्प्राइटले एउटा टिवीसी पनि सार्बजनिक गरेको छ, जुन रिफ्रेश र रिचार्जको मुख्य सन्देशमा केन्द्रित छ। निकै नै गर्मिको मौसममा एकजना केटो तिर्खाले ब्याकुल भएको अवस्थामा देखिन्छ र उसले आफ्नो मोबाईलमा ब्यालेन्स सकेको भनेर म्यासेज पाउछ। 'ऊ पसलमा पुग्छ र उसले पसलेसंग रिचार्ज कार्ड माग्छ र पसलेले उसलाई रिचार्ज कार्ड दिदा उसले यो होइन स्प्राईट मागेको हो भन्छ। स्प्राइट पीई सकेपछि उसले नोटिस गर्छ, स्प्राइटले रिफ्रेश मात्र होइन फोन पनि रिचार्ज गर्दो रहेछ।'
यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ। यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ। यो अफर बिना स्टक पनि उपलब्ध छ। यो योजना ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुने कम्पनीले जनाएको छ।