arrow

विश्वकपमा लाखौंको जर्सी बिक्री

यस्तो छ भन्सार विभागको तथ्याङ्क

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
jerseys.jpeg

काठमाडौं । केही दिनअघि सकिएको विश्वकप फुटबलमा लाखौं रकमको जर्सी बिक्री भएको छ । विश्वकपमा सहभागी विभिन्न टिमका फ्यानहरुले आफूले समर्थन गरेको टिमको जर्सी खरिद गर्ने र लाउने चलन नै भइसकेको देखिन्छ । जसका कारण विश्वकप फुटबल अवधिभर लाखौं रुपैयाँको जर्सी बिक्री गरेको व्यवसायीहरुले बताएका छन् ।

कुमारीपार्टीका एक व्यवसायी कमल धितालले विश्वकप अवधिमा मात्रै आफुले ५ हजार पिस जर्सी बिक्री गरेको बताए । जर्सीको सो परिमाण साढे चार लाख रुपैयाँ बराबरको भएको उनको भनाइ थियो । यस वर्षको विश्वकपमा राम्रा राम्रा टिम पहिले नै हारेर बाहिरीसकेका कारण जर्सीको कारोबार खासै राम्रो नभएको समेत उनले स्पष्ट पारे ।

उनका अनुसार काठमाडौंमा ३० देखि ३५ यस्ता जर्सीको कारोबार गर्दै आएका (टि–सर्ट) पसलहरु रहेका छन् । एउटा पसलबाट औषतमा कम्तीमा ३ हजार जर्सी  विक्री गरे पनि गत विश्वकप फुटबलमा जर्सीको मात्रै कारोबार राम्रै भएको ती व्यसायीको भनाइ छ ।

त्यस्तै असनकी एक व्यवसायीले गत फुटबल विश्वकपमा करिब ४ हजार जर्सी मात्रै विक्री गरिएको बताइन् । उनकाअनुसार उनले करिब साढे ३ लाख रुपैयाँ बराबरको जर्सी मात्रै बिक्री गरेकी छिन् ।

यसरी हेर्दा गत विश्वकप फुटबलमा काठमाडौं उपत्यकामा मात्रै प्रशस्तै जर्सीको कारोबार भएको अनुमान लगाउन सकिन्छ । त्यसबाहेक अन्य साधारण किसिमका टि– सर्ट पनि गत आर्थिक वर्षमा निकै राम्रो बिक्री भएको अनुमान लगाउन सकिन्छ ।

तर, भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्षको सुरुको ११ महिनामा मात्रै २ अर्ब १५ करोड रुपैयाँको टि–सर्ट आयात भएको देखाएको छ । विश्वकपमा सहभागी टिमहरुको जर्सीको आयात छुटयाउन अप्ठ्यारो रहेको भन्सारका अधिकारीहरुले बताएका छन् ।

भन्सार विभागका सुचना अधिकारी विनोदशरण आचार्यले सबै किसिमका टि–सर्टहरुको आयात एउटै कोडबाट हुने भएकाले कुन टि–सर्ट, जर्सीको रुपमा आयात भएको हो, र कुन सामान्य टि–सर्ट हो, छुट्याउन अप्ठ्यारो हुने बताए ।

त्यसबाहेक असारमा आयात भएको टि–सर्टको तथ्याङ्क समेत संकलन भइरहेको भन्सारका अधिकारीहरुको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार सबै किसिमका टि–सर्ट गरेर २ अर्ब १५ करोड ४५ हजार रुपैयाँको आयात भएको छ । टि–सर्टको सो आयाताट ११ महिनामा  करिब ८० करोड राजस्व संकलन गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ