योजनाको तीज गीतमा जान्वी र दिक्पालको यो कस्तो रोमान्स (भिडियो)
प्रकाशित २०७५ साउन ७ सोमबार
464
Shares
काठमाडौं । गायिका योजना पुरीको तीज गीत सार्वजनिक भएको छ । उनको “सपक्कै सारी सप्को पारेर” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । कलम सरगमको शब्द र गायिका योजना पुरिको आवाज छ भने, लय एकनारण भण्डारीको रहेको छ ।
युटुवनेपाल च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीको अभिनय रहेको छ । गुरुआमा स्मृती तिम्लसीना निर्देशनमा बनेको भिडियो दर्शक माया पाइरहेको छ ।
१० बर्ष अघि संगितक्षेत्रमा पाइला टेकेकी योजनाको चौथो तीज गित हो । उनका दर्जनौ गित युवटुवमा हेर्न र सुन्न सकिन्छ ।