काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको सामुदायिक कृषक डेरीले विभिन्न फलफूलको फ्लेबरमा दही उत्पादन गर्न थालेको छ ।
डेरीले सोमबार एक कार्यक्रम मार्फत सुलभ ब्राण्डमा आँप, स्ट्रोबेरी र केराको स्वादमा दही उत्पादन गर्न थालेको जानकारी गराएको हो । आफ्नो यो उत्पादन नेपाल मै पहिलो रहेको दावी डेरीले गरेको छ ।
उपभोक्तालाई फलफूलको स्वादवाला दहीको विकल्प प्रदान गर्न यस्तो दहीको उत्पादन थालिएको अध्यक्ष रविप्रसाद रिजालले बताए । यो दही १० मिलिलिटरको कपमा उपलब्ध हुने र त्यसको खुद्रा मूल्य १० रुपैयाँ तोकिएको डेरीले जनाएको छ ।