काठमाडौं। क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य मंगलबार विश्व बजारमा आठ हजार अमेरिकी डलर प्रतिएकाइ नाघेको छ। मंगलबारको बजारमा बिटक्वाइनको मूल्य ८१३० अमेरिकी डलर प्रतिएकाइमा पुगेको हो। यो नतिजा गएको मे २२ यताकै सबैभन्दा उच्च नतिजा हो।
मानिसहरुको आकर्षण यो मुद्रामा पछिल्लो समय व्यापक रहेको देखिएसँगै बिटक्वाइनको मूल्यमा वृद्धि भएको हो। अमेरिकामा मिलेको कारोबारको अनुमतिसँगै बिटक्वाइनको मूल्यमा पनि वृद्धि भएको देखिएको हो। पछिल्लो समय भर्चुअल मुद्रामा ठुलो सम्भावना रहेको भन्दै लगानीकर्ताहरुले बताइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो।
गएको डिसेम्बर महिनामा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर प्रतिएकाइ नाघेको थियो। सन् २०१८ मा भने यो मुद्राको मूल्यमा आधाभन्दा धेरै गिरावट आइसकेको छ।