कर नबढाउ भन्नेहरुले खाए कुटाइ, केहि पक्राउ, जवाफमा शनिवार नुवाकोट बन्दको आह्वान
ओली सरकार एक पछि अर्को दमनमा, जनता विलखबन्धनमा
प्रकाशित २०७५ साउन ११ शुक्रबार
209
Shares
नुवाकोट। नेपाली काँग्रेस विदुर नगर समिति र नेपाली काँग्रेसका भातृ संस्थाहरुको संयुक्त आयोजनामा विदुर नगरपालिकाद्वारा विभिन्न शीर्षकमा लगाइएको कर प्रणालीको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप र धरपकडको विरोधमा नेपाली काँग्रसले शनिवार नुवाकोट वन्दको आह्वान गरेको छ। प्रहरीले बिहिवार नुवाकोटमा अत्यधिक वल प्रयोग गरेको थियो।
विदुर नगरपालिकाका मेयर र उपमेयरको आदेशमा डिएसपीको कमाण्डमा खटिएको प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले नगरपालिकाको गेटमा जुलुशमाथि अन्धाधुन्ध लाठीचार्ज गरि नेपाली काँग्रेस नुवाकोट जिल्लाका निवर्तमान सभापति ध्रुव अधिकारी, जिल्ला प्रवक्ता राजु थापा, सदस्य धनसिंह तामाङ्ग, क्षेत्रीय सभापति जगतबहादुर तामाङ्ग, नेपाल तरुण दल जिल्ला सचिव सुमन गिरी, नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला सदस्य सुनिल श्रेष्ठ, नेपाल तरुण दल जिल्ला सदस्य जगन्नाथ नेपाल घाइते बनाएको नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले बताए।
प्रहरीले सो प्रदर्शनमै रहेका नेबिसंघका नेताहरु नवराज सुवेदी, उत्सव श्रेष्ठ, निरज चित्रकारलाई गिरफ्तार गरेको नेविसंघका महामन्त्री कुन्दन काफ्लेले जनाएका छन्।
आफ्ना माग राख्न संविधान प्रद्धत अधिकार प्रयोग गर्दा सांघातिक आक्रमण, धरपकड र हिरासतमा लिने कार्यको नेपाली काँग्रेस केन्द्रीय कार्यालय र नुवाकोट काँग्रेसले घोर निन्दा र भत्सर्ना गरेका छन्। नेविसंघले पनि घटनाको विरोध गरेको छ।
ओली सरकारले चरम रुपमा गरेको मूल्यबृद्धी, जन्म, मृत्यु दर्ता लगायत सवेदनशिल बिषयहरुमा समेत गरिएको कर बृद्धीको बिषयमा विरोध गर्दा दमन भएपछि नुवाकोट काँग्रेसले शुक्रवार राँके जुलुस निकालेको छ भने साउन १२ गते नुवाकोट वन्दको कार्यक्रम घोषणा गरेको छ।