arrow

रसुवागढी नाकाको पुलमा ठुला सवारी साधन आवातजावतमा रोक

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
rasuwagadhi-Naka.jpg.jpeg

रसुवा । टिमुरे घट्टेखोला राजमार्गको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारी साधन आवातजावतमा रोक लगाइएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुल ठाडो खोलामा भएको र खोलामा वर्षाका कारण पानीको बहाव बढ्न गई पक्की पुलको सपोट बगाइ क्षति पुर्याएकाले सडक प्राविधिकको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी साधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो । 

हल्का सवारी साधनलाई भने आवातजावतमा खुल्ला गरिएको बताइएको छ । दैनिक एक करोडभन्दा बढी राजश्व आर्जन गर्ने नेपाल चीनको उत्तरी नाकाबाट सामान आयात निर्यात गर्ने पुल जोखिम भएपछि केरुङतर्फ गएका सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र पर्दा चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँ बायाबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ । 

यस्तै बुधबार गएको पहिरोले अवरुद्ध टिमुरे नजिकको राजमार्ग भने शुक्रबारबाट सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । 

यसैगरी पहिरोमा परी मृत्यु हुनेको दाह संस्कारका लागि नौ वटै शव आफन्तजनलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताए ।

स्याफ्रु रसुवागढी खण्डको सडक भीरको फेदमा रहेको र समय समयमा जति पानी पर्यो ढुङ्गा खस्ने समस्या आउन थालेकाले टिमुरे गाउँ नपुगुञ्जेल बीच भागमा मोटर अड्याएर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ