arrow

३६ लाख रुपैयाँ घुससहित इन्जिनियर दम्पती पक्राउ

logo
प्रदिप आचार्य,
प्रकाशित २०७५ साउन १२ शनिबार
yadhav.png

बुटवल । भवन तथा सहरी विकास कार्यालय रुपन्देही प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई  भैरहवाबाट शनिबार दिउँसो पक्राउ गरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा प्रमुख दिनेश आचार्यले बताए ।  

३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो । बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको छ । कुन सडकको रकम भने आचार्यले स्पष्ट खुलाएन् । प्रमुख आचार्यले भने, ‘घुसको रमक लिएर श्रीमती घर जाँदै गरेको सूचनाको आधारमा श्रीमान–श्रीमतीलाई प्रकाउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान हुँदैछ ।’

अख्तियार बुटवलको समन्वयमा श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनी बाटैबाट पक्राउ परेकी हुन् ।

सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ