काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका जर्मन खेलाडी मेसुट ओजिलको कप्तानीमा मैदान उत्रिएको इंगलिस क्लव आर्सनलले फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पिएसजीमाथि शानदार जित निकालेको छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप प्लेअफमा आर्सनल ५–१ ले विजयी भयो ।
सिंगापुरमा शनिबार राति भएको खेलमा गोलको खाता ओजिलले नै खोले । त्यसपछि एलेक्सान्ड्र लाकाजेट्टीले दुई गोल गरे । यस्तै रोब होल्डिङ्ग र एडिइ एकेतिएहले एक एक गोल गरे । पिएसजीका लागि क्रिष्टोफर एकुनकुले एक गोल फर्काए ।
ओजिलले आफूमाथि टर्किस वंशज भएका कारण जर्मन फुटबल एसोसिएसनमा विभेद भएको भन्दै सन्यासको घोषणा गरेका थिए । अब भने उनलाई ब्यवसायिक फुटबलमा अब्बल प्रमाणित गर्नुपर्नेछ ।
आर्सनलले गत सिजन छैटौं भएर सकेको थियो । अब भने भेट्रान खेलाडीहरुले पनि मेहनत गरेर टिमलाई अगाडि बढाउने आशा बढेको छ ।