arrow

त्रिकोणात्मक टि-ट्वेन्टीमा के गर्ला नेपाल ? 

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
cricket2.JPG

काठमाडौं । नेपाली टोली दाेस्राे पटक लर्डसमा खेल्दै छ । नेपाली टाेलीले दुई वर्षअघि साउनमै अर्थात् जुलाईमा पहिलाे पटक पाईला टेकेकाे थियाे ।  

दुई वर्षअघि नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय वर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले हराएकाे थियो । याे भेटमा नेपाल नेदरल्यान्ड्स र मेरिलेबाेन क्रिकेट क्लब एमसीसीसँग त्रिकोणात्मक टी-ट्वेन्टी खेल्न लागेकाे हाे । 

लर्डसकाे त्रिकोणात्मक भेटमा नेपाललाई अर्को अवसर हुनेछ । नेपालको लागि मात्र नभई अन्य एसोशिएट राष्ट्रको लागि समेत यो महत्वपूर्ण अवसर हुनेछ । नेपालको सहभागिताले एसोशिएट राष्ट्रका लागि ढोका खुल्ने छ ।

लर्डसमा एसोशिएट राष्ट्रले बिरलै खेल्ने मौका पाउछन् । दुई पटक लर्डसमा खेल्न पाउने भाग्यमानी एसोसिएट राष्ट्र हाे, नेपाल  । यसलाई ठूलो अवसरको रुपमा लिएको छ । नतिजा के गर्ला ? त्याे प्रतिक्षाकाे विषय बनेकाे छ । 

नेपाल र नेदरल्याण्ड्सबीचको खेलले अन्तर्राष्ट्रिय टी–२० खेलको मान्यता पाउनेछ । नेपाल त्रिकाेणात्मक भेटकाे पहिलो खेलमा साँझ ६ बजे एमसीसीसँग खेल्नेछ भने राति सवा १० मा नेदरल्याण्डसँग खेल्नेछ । एमसीसी माहेला जयवर्द्धनेको कप्तानीमा मैदान उत्रनेछ । श्रीलंकाका पूर्व कप्तान जयवर्द्धनेको नेतृत्वमा उत्रने टिममा इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जोनाथन ट्रट पनि हुनेछन् ।

युराेप भ्रमणमा रहँदा नेपालले अहिले चार अभ्यास खेल खलिसकेको छ, जसमा २ खेलमा जित हासिल गरेको छ भने दुईमा हारकाे सामना गरेको छ । 

त्रिकोणात्मक टी–२० सिरिजपछि नेपाल आम्स्टर्डम तर्फ लाग्नेछ । जहाँ नेपालले १ र ३ अगस्टमा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ