arrow

एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
NIC-ASIA-BANK.jpg

काठमाडौं । एनआईसी एशिया बैंक लि. र युनाईटेड ईन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

एनआईसी एशिया बैंक लि. का तर्फबाट  का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र युनाईटेड ईन्स्योरेन्स कम्पनीका का.मु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा दुबै संस्थाबीच भएको सम्झौता बमोजिम बैंकको हाल संचालनमा रहेका शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयबाट ग्राहकहरुले धितो तथा अन्य सम्पत्तिहरुको बीमा रक्षवरण युनाईटेड ईन्स्योरेन्स कम्पनी मार्फत गर्न सक्ने र युनाईटेड ईन्स्योरेन्स कम्पनीले ग्राहकहरुको धितो तथा सम्पत्तिहरुको बीमालेख जारी गर्न सक्ने हुदाँ सहज र सरल प्रकृयाबाट बीमा सेवा उपलब्ध हुने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ