रामेछाप। सदरमुकाम नजिकै तामाकोशी किनारमा नदी खोल्ने नाउँमा अवैद्य रुपमा ढुगां तथा वालुवाको उत्खनन शुरु गरिएको छ । मन्थली नगरपालिका र स्थानीय प्रशासनले मौखिक सहमती दिएपछि स्थानीय केही अगुवाहरुले अवैद्य रुपमा त्यसको उत्खनन् शुरु गरेका हुन् ।
लामो समयदेखी स्थानीय रणजोर खोलाले गर्ने कटान र तामाकोशी नदीले पुरयाउन सक्ने सम्भावीत क्षतीका वारेमा राम्रोसँग वुझेको प्रशासन र नगरपालिकाले कानुनी प्रकीयालाई वेवास्ता गर्दै रणजोर खोला क्षेत्रमा वालुवा तथा ढुगां उत्थखनन्को लागि मौखिक रुपमा अनुमति दिएपछि स्थानीय स्तरमा त्यसको व्यापक विरोध भएको छ ।
रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं स्थानीय अगुवा पशुपती बहादुर खडकाका अनुसार स्थानीय सरकार र प्रशासन वाटै कानुनी राजको उल्घंन गर्दै विना सिजनमा वालुवा तथा ढुगांको उत्खनन् गर्न दिनु जायज कुरा हैन । यसलाई तत्काल रोक्नु पर्छ र नियमअनुसार हिउँद महिनामा बाँकी प्रकीया अगाडी वढाउनुपर्छ । ]
सदियौ वर्षअघिदेखी आफ्नो रुपमा बग्दै आएको तामाकोशी र रणजोर खोलाका वारेमा राम्रो सँग वुझेको मन्थली नगरपालिकाले यतिवेला प्रतिकुल मौसमको समय पारेर अवैद्य अनुमती दिनु न्याय संगत नभएको खड्काको दावी छ । उनका अनुसार नगरपालिकाले स्थानीय क्रसर व्यवसायीहरुको मिलोमतोमा आफ्ना निकट र आफ्ना आसेपासेहरुलाई अवसर दिने नाममा दैनिक दुईदुई वटा स्काइभेटर लगाएर वालुवा तथा ढुगां निकाल्न दिनु भनेको कानुन विपरित कुरा हो । यसलाई तत्काल रोक्नको लागि समेत उनले मन्थली नगरपालिकालाई आग्रह गरे ।
अर्का अगुवा लेखवहादुर कार्कीले पनि मन्थली नगरपालिकाले विना मौसमयको समय पारेर मन्थली नगरपालिकाले रणजोर खोला र तामाकोशी नदीको दोभानमा कानुन विपरित वालुवा र ढुगां झिक्न अनुमती दिएर नदीको अनियन्त्रीत दोहन गर्ने काम गरेको बताए । उनले भने यस किसिमको अवैद्य कामलाई तत्काल नियन्त्रण गरी कानुन सम्वत रुपमा स्थानीय झोलुगेपुल हाटेचौर क्षेत्र र ओढारे वस्तीको संरक्षण गर्ने अभियानमा लाग्न पनि नगरपालिकालाई आग्रह गरे ।
अहिले खोला नियन्त्रणको नाममा केही क्रसर व्यवसायीहरुले त्यहाँवाट निकालेको मालमेट्ीयल एक ठाउँमा जम्मा गरी व्यवसाय संचालन गर्ने तयारी गरेका छन् । यो वारेमा गम्भिर रुपमा छलफल गरेर प्रक्रिया अगाडी वढाइनुपथ्र्यो । अहिले कानुनी रुपमा क्रसर उद्योग नै संचालन गर्न नपाइने अवस्थामा क्रसर उद्योगलाई लक्षित गरि सामाग्रीहरु जगेडा गर्ने काम आपत्ती जनक कुरा हो । यदी नगरपालिकाले वस्ती र झोलुगें पुलको समेत नियन्त्रण गर्ने हो भने नगरपालिका आफैले खोला खोलेर त्यसवाट निस्किएको वालुवा र गिट्टीको उचित व्यवस्थापन गर्दै त्यसको समुचित व्यवस्था मिलाउन तर्फ ध्यान दिनुपर्ने कार्कीको भनाई छ ।
उक्त काममा संम्लग्न भएका एक अगुवा ओमवावु पुरीले भने आफुहरुले वाध्यत्मक अवस्थामा मात्रै रणजोर खोला खोल्ने काममा लाग्नु परेको बताए । उनका अनुसार हाटेचौर र ओढारे क्षेत्रका वासिन्दाहरुले मन्थली नगरपालिकालाई रणजोर दोभान र तामाकोशी नदी खोलिदीन आग्रह गरेको र उक्त आग्रहका आधारमा मन्थली नगरपालिकाले प्राविधिक द्धारा निर्धारित क्षेत्रमा नदी खोल्नको लागि मौखिक रुपमा अनुमती दिएको आधारमा आफुहरुले ढुगां र वालुवा झिक्ने काम गरिरहेको बताए ।
यसवारेमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासँग सम्पर्क गर्दा उनले रणजोर खोला र तामाकोशी दोभानमा स्काइभेटर लगाएर निकालिदै गरेको वालुवा र ढुगांको काम कानुनी रुपमा अमिल्दो भएको वताए । तत्काल दोभानको ढुगां र वालुवा नहटाउने हो भने स्थानीय वासिन्दाहरुले हाटेचौर, ओढारे क्षेत्र र स्थानीय तामाकोशी घाटको पुललाई रणजोर खोलाले थुनेर क्षती पुर्याउन सक्ने भन्दै त्यसको उचित व्यवस्थानका लागि माग गरेपछि आफुहरुले मौखिक रुपमा त्यसको उत्खनन गर्न अनुमति दिन वाध्य भएको वताए ।