दीपकराज जोशीको सुनुवाई अझै लम्बियो, अबको बैठक १६ गते
प्रकाशित २०७५ साउन १४ सोमबार
795
Shares
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदनबारे बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक १६ गतेसम्मको लागि स्थगित भएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्तरिक छलफल गर्नु पर्ने भन्दै समय माग गरेपछि सुनुवाइ समितिको बैठक १६ गतेसम्मको लागि स्थगित गरिएको हो । यसअघि तीन पटक स्थगित भएको बैठक सोमबार बल्ल बसेको थियो ।