arrow

जापानाको फुकिशिमामा भूकम्प

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
japan-fukushima-earthquake.png

टोकियो। जापानको फुकुशिमा प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५:४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ। यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ।

पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ। हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको। साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन्।

जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ