नेपाल र नेदरल्याण्ड्सबीचको खेल सुरु, टस जितेर नेदरल्याण्ड्स ब्याटिङ गर्दै
प्रकाशित २०७५ साउन १६ बुधबार
520
Shares
काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय खेल सुरु भएको छ । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा डेब्यु गरेको नेपाल अहिले टस हारेर फिल्डिङ गरिरहेको छ ।
गत मार्चमा एक दिवसीय मान्यता पाएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले बनाएको तालिका अनुसार पहिलो खेल नेदरल्याण्ड्ससंग खेलिरहेको हो ।
नेपाली टोलीको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय भएको कारण पनि यसलाई निकै महत्वपूर्ण मानिएको छ । नेपाली टोलीका कप्तान पारस खड्काले यो खेल पूर्ण जिम्मेवारीका साथ टोलीले खेल्ने बताएका छन् ।
नेपाल नेदरल्याड्ससँग २ खेलको एकदिवसीय श्रृङ्खलाका लागि नेदरल्याण्ड्स पुगेको हो ।