काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको आफ्नो पहिलो एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का १२ रनमै आउट भएका छन् । बलिङमा जादू गरेका पारस व्याटिङ्मा भने जम्न सकेनन् । पारस आफैले आउट गरेका रपिनबाटै क्याचआउट भए ।
उनले नेपालको तेस्रो विकेटका लागि २१ बलमा १२ रन बनाए । जम्मा एक चौका प्रहार गरे । अनिल साहबाट धरमराएको व्याटिङ सोमपाल कामीसम्म पुग्दा सतक नपुग्दै पाँच विकेट खस्यो । विकेट पतन जारी रहयाे । लिङतर्फ पारस एक्लैले ४ विकेट लिएका थिए ।