arrow

‘डेब्यु’ क्रिकेटमा नेपालका के के बने कीर्तिमान ?

हारको पनि कीर्तिमान 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
nepal-crickete.JPG

काठमाडौं । पहिलो खेलमा जे जे हुन्छ त्यो सबै कीर्तिमान हुन्छ । नेपाल र नेदरल्याण्ड्सबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जे जे बनायो त्यो सबै कीर्तिमान बनेको छ । त्यो पनि कसैले नतोड्ने कीर्तिमान । 

गत वर्षको चैतमा नेपालले चार वर्षका लागि अन्तर्राष्ट्रिय एक दिवसीय खेल्ने अवसर पायो । त्यसपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससंग खेलेको हो । 

नेपालले १९० रनको चुनौती पूरा गर्न नसक्दा हार बेहोर्नु पर्यो । नेपालले ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमात्र जोड्न सक्यो । 

दुई खेलको श्रृंखलाको दोस्रो खेल शुक्रबार (साउन १८ गते) हुनेछ ।

पहिलो खेलमा के के कीर्तिमान बन्यो त ?  

१, यी हुन् पहिलो डेब्यु खेलेर कीर्तिमान रचेका खेलाडीहरु – कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, करण केसी, सन्दीप लामिछाने र शरद भेषावकर । 

२, नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनायो । नेपालले ४१.५ ओभर खेलेर १३४ रन बनायो । अर्थात् दुवै इनिङमा कसैले पूरै ५० ओभरको खेल खेलेन । 

३, सोमपाल कामीले पहिलो विकेट लिए । सोमपालले अहिलेसम्म कसैले पनि तोड्न नसक्ने कीर्तिमान रचे । उनको नाममा यो अविश्मरणीय रह्यो । सोमपालले ३ विकेट समेत लिए । 

४, पारस खड्काले बेष्ट बलिङ गरे । २६ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिए । ६ बलरमध्ये शक्ति गौचनमात्र विकेट लिन असफल रहे । ४ ओभरमा १५ रन लिएका शक्तिले सन्यासको घोषणा गरिसकेका छन् । 

५, ब्याटिङमा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गर्यो । सिनियर टिमले यसअघि यति राम्रो प्रदर्शन विरलै गरेको थियो । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्ने क्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ तथा अनिलकुमार शाहले २१ रन बनाए । ज्ञानेन्द्रले अर्धसतकको कीर्तिमान बनाए । 

६, हारको कीर्तिमान पनि बन्यो । नेपालले ५५ रनको हार बेहोर्यो । यो पनि कहिल्यै मेटिने छैन । 

७, सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यसमध्ये चार खेलाडीले रन नै जोड्न सकेनन् । आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी र करण केसी ‘०’ मा आउट भए । 
८, बलरहरुमा सबैभन्दा बढी बल शक्ति गौचनले खेले । शक्तिले ४४ बल खेले । उनले ९ रन बनाए । शक्ति नटआउट रहने कीर्तिमान बनाउन सफल रहे । 

  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ