जिम्बाबेमा निर्वाचन धाँधलीपूर्ण भएको विपक्षी आरोप, झडपमा गयो ज्यान
प्रकाशित २०७५ साउन १७ बिहिबार
485
Shares
काठमाडौं । जिम्बाबेमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै विपक्षी गठबन्धन विरोध प्रदर्शनमा उत्रिएको छ । विपक्षी गठबन्धन एमडीसीले राजधानी हरारेमा गरेको प्रहरी हस्तक्षेपमा झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोमबार भएको निर्वाचनमा सत्ताधारी दल जानू–पीएफ पार्टीले धाँधली गरेको आरोप लगाउँदै एमडीसी आन्दोलित भएको हो ।
प्रहरीको कारबाहीको निन्दा गर्दै एमडीसीले यो दिनलाई तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो दिनको याद आएको जनाएको छ ।
निर्वाचनमा सत्ताधारी दल जानु–पीएफ पार्टीले ठूलो अन्तरले आफूले जितेको दाबी गरेको छ । यद्यपि अहिलेसम्म निर्णय भने सार्वजनिक गरिएको छैन ।
यता युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएकोमा चिन्ता व्यक्त गरेको छ । धाँधली भएको गन्ध समेत आइरहेको बताइन्छ ।