arrow

कार उत्पादनमा टेस्लालाई सफलता 

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार

एजेन्सी। विद्युतीय कार निर्माता टेस्लाको कार उत्पादनमा सुधार आएको छ। सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा कम्पनीको कार उत्पादनमा उल्लेख्य सुधार आएको देखिएको हो। इस्लोन मस्कको विद्युतीय कार कम्पनीहरुको राजस्व सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा चार अर्ब अमेरिकी डलरबराबरको राजस्व हासिल भएको विवरण सार्वजनिक भएको हो। 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको राजस्वमा ४३ प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको हो। सो तीन महिनाको अवधिमा कम्पनीले ४० हजार कारहरु बिक्री गरेको हो। जसमा उसले करिब १८ हजार मोडल ३ का कारहरु बिक्री गरेको थियो। यद्यपि कम्पनीको अझै पनि नोक्सानीमा रहेको देखिएको छ। उक्त तीन महिनाको अवधिमा कम्पनीले ७१ करोड ७० लाख बराबरको नोक्सानीको विवरण सार्वजनिक भएको हो। 

अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा अहिलेको नोक्सानी भने आधा बराबरको हो। टेस्लाले आफ्नो मोडल ३ को कारमा अत्यधिक मात्रामा लगानी गरिरहेको छ। जसको कारण यो उत्पादनको व्यापारमा विषयमा विश्वव्यापीरुपमा चासो बढेको हो। केहि सयमय अघि मात्र कम्पनीले प्रतिसाता पाँच हजार मोडल ३ का उत्पादनहरु निर्माण गर्ने लक्ष्य हासिल गरेको थियो। यसअघि कम्पनीले आफ्ना उत्पादनहरुको विषयमा ल्याएको महत्वाकांक्षी योजनाअनुसारको उत्पादन हासिल हुने वा नहुने भन्ने विषयमा आशंका देखिएको थियो।

तेस्रो त्रैमासिक अवधिको लागि भने कम्पनीले ५० देखि ५५ हजार मोडल ३ का उत्पादनहरु निर्माणको लक्ष्य राखेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले अहिले हासिल भएको उपलब्धि निकै महत्वपूर्ण रहेको बताएका छन्।

यद्यपि पछिल्लो समय अमेरिकी उत्पादनहरुमा अन्य मुलुकहरुले बढाएको करले भने व्यापारिक हिसाबमा गिरावट आउनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। यद्यपि उसले आफ्नो व्यापार युरोप तथा उत्तर अमेरिकामा सार्ने तयारी गरिरहेको बताएको छ। टेस्ला कम्पनीले भर्खरै मात्र चीनमा आफ्नो नयाँ फ्याक्ट्रि खोल्ने निर्णय गरेको छ। चीनमा करिब दुई अर्ब अमेरिकी डलरबराबरको लगानी गर्ने बताएको हो। चीनको यो प्लान्टबाट वार्षिक हिसाबमा दुई लाख ५० हजार कारहरु उत्पादन गरिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ