arrow

मापदण्ड विना कर नवढाउ : कांग्रेस

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन १८ शुक्रबार

बुटवल । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको आज सुक्रबार बसेको बैठकले स्थानीय निकायले कुनै मापदण्ड विना हचुवाको भरमा कर वृद्धि गर्दा उद्योगी व्यावसायी तथा सर्वसधारणलाई  मारमा पारेको भन्दै कर  फिर्ता गर्नको  लागि आग्रह गरेको छ ।

 बुटवल उपमहानगरपालिकाका साविक बार्ड नम्बर १ देखि १३ सम्म तिलोत्तमा नगरपालिकाम बार्ड नम्बर १ देखि ६ सम्म सैनामैना नगरपालिका १ देखि ४ सम्म गरी २३ वर्डाहरुलाई रुपन्देही क्षेत्र नम्बर २  निक्र्योलको  गर्नको  लागि नेपाली कांग्रेस जिल्लाकार्य समितिलाई आगह गरिएको छ ।

क्षेत्रीय सभापति हरी लम्साल अध्यक्षता भएको बैठकले रुपन्देही बार्ड तह सम्मको लागि पार्टी सुद्दिढीकरण गर्नको लागि बिषेश ढाचाँ तयार पार्न बैठकले निर्देशन दिएको छ ।यस्तै नेपाली काग्रेस क्षेत्र नम्बरका कोषध्यक्ष राज बहादुर क्षेत्री सैनामैना उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएको हार्दिक बधाई समेत दिएको बैठकपछि जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ