arrow

नेपाली क्रिकेट टोलीलाई बधाई दिने प्रचण्ड पहिलो, ओलीलाई पछि होस् भयो

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
oli-prachanda3.jpg

काठमाडौँ । नेपाली क्रिकेट टोलीलाई बधाई दिने कुरामा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा पछि परेका छन् ।  

शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल भएको थियो । जीतसँगै प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए । तर व्यस्ततामा रहेका प्रधानमन्त्री ओलीले बधाई दिन भ्याएनन् । उनले बधाई दिनु पर्छ भनि शनिवार मात्र होस् खुल्यो ।    

त्यसपछि उनले तुरुन्तै बधाई दिए त्यो पनि लगभग १२ घण्टा पछि। प्रधानमन्त्री ओलीले ट्वीटरमा पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना दिदै लेखेका छन्, “नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।”

यसअघि शुक्रबारनै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय क्रिकेट टोलीकलाई बधाई तथा शुभकामना दिएका थिए ।

उनले शुक्रबार सामजिक सञ्जाल फेसबुर र ट्विटरमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिदै लेखेका छन् ' एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय छ । आजको खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको छ । नेपाली क्रिकेट टीमको यो जीतका लागि कप्तान पारस खडकादेखि सम्पूर्ण टीम, प्रशिक्षक र विश्वभरीका नेपालीहरुमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ