arrow

दम तोड्यो भारतले, कोहलीको २०० रन गयो खेर

logo
प्रकाशित २०७५ साउन २० आइतबार
england8.jpg

काठमाडौं । इंगल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले दम तोडेको छ । १९४ रनको सामान्य चुनौती पछ्याउँदा भारत १६२ रनमा आउट भएपछि ३१ रनले पराजित हुन पुगेको हो । 

बर्मिङघममा भएको खेलमा पाहुना टोली भारतका लागि कप्तान विराट कोहलीले बनाएको २०० रन खेर गएको छ । 

चौथो दिनमै नतिजा आउने क्रममा इंगल्याण्डले पहिलो इनिङमा २८७ र दोस्रो इनिङमा १८० रन बनाएको थियो । 

भारतले पहिलो इनिङमा २७४ र दोस्रो इनिङमा १६२ रन बनायो । दोस्रो इनिङमा बेन स्टोकले ४ विकेट लिए । 

भारतका लागि विराट कोहलीले पहिलो इनिङमा १४९ र दोस्रो इनिङमा ५१ रन बनाए । कोहलीलाई छाडेर बाँकी शीर्ष तहका चार ब्याट्सम्यानहरु मुरली विजय, शिखर धवन, लोकेश राहुल र अजिन्क्या रहानेले दुई इनिङमा जम्मा ९९ रन बनाएर लज्जा प्रदर्शन गरे । 

यो हारसंगै भारत पाँच खेलको सिरिजमा १–० ले पछि परेको छ । दोस्रो खेल साउन २४ गते बिहिबारदेखि लण्डनमा हुनेछ । 
Ben Stokes celebrates after dismissing India captain Virat Kohli (right) for lbw to set England on course for victory in the Test

Kohli looks dejected after being dismissed for lbw by an inspired ball from Stokes shortly after completing his half century

England bowler Anderson celebrates after taking the wicket of Karthik to boost their chances of winning the first Test

Adil Rashid appeals to the umpire after trapping Sharma for lbw with a fine delivery during the morning session at Edgbaston

England players celebrate with their bowling hero Stokes after he seals the victory by taking his fourth wicket of the innings

Dinesh Karthik of India watches as Dawid Malan of England catches the ball to dismiss him early on during Saturday's play



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ