arrow

उत्साहसहित फर्किदै नेपाली क्रिकेट टिम

logo
प्रकाशित २०७५ साउन २० आइतबार
nepal-cricket-first-win.jpg

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल आउँदैछ । 

नेपाली टिम सोमबार बिहान ८ः५० बजे जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनालिष्ट रमश शिवाकोटीले जानकारी दिएका छन् । 
नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेसंगै नेपालले कीर्तिमानी जित हात पारेको थियो । 

साढे ४ महिनाअघि एक दिवसीयको मान्यता  पाएको नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्ड्ससंग ५५ रनको हार बेहोरे पनि दोस्रो खेलमा भने फर्ममा फर्किएको हो । विश्वकप नै खेलिसकेको टिमलाई हराउन सजिलो नभए पनि नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर नयाँ अध्याय थालेको छ । 

सोमपाल कामी थप अलराउन्डर सावित भएका छन् । उनले दुई खेलमा ४ विकेट लिए भने एकै इनिङमा ६१ रन बनाएर नेपालका तर्फबाट कीर्तिमान रचेका छन् । पारस खड्काले कप्तानी इनिङ खेलेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल पुनः फर्ममा फर्केका छन् । 

रोहितकुमार पौडेल कम उमेरमै एक दिवसीय खेल्ने विश्वकै चौथो खेलाडी बनेका छन् । 

नयाँ अध्यायसहित नेपाल फर्कने टिममा सन्दीप हुने छैनन् । सन्दीप क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इन्डिज (पोर्ट अफ स्पेन) गएका छन् । 

नेपालले नेदरल्याण्ड्ससंग खेल्नुअघि मेरिलीबोन क्रिकेट क्लव एमसीसी सम्मिलित त्रिकोणात्मक टी–२० खेलेको थियो इंगल्याण्डको लर्डस् मैदानमा । नेपाल र नेदरल्याण्ड्स संयुक्त रुपले विजयी भएका थिए । 

युवा चार्मिङ सन्दीप लामिछानेले दुई खेलमा चार विकेट लिएर फेरि विश्वको ध्यान आफूतर्फ खिचेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ