arrow

दक्षिण अफ्रिकाले दियो श्रीलंकालाई जितका लागि ३६४ रनको चुनौती

logo
प्रकाशित २०७५ साउन २० आइतबार
cricket-southafrica.jpg

श्रीलंका ।  श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक दिवसीय खेल खेलिरहेका रीजा हेन्ड्रीकले १०२ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३६३ रन बनाएको थियो । रीजा हिन्ड्रीकले ८९ बलमा १०२ रनको महत्वपूर्ण पाली खेलेका थिए । उनी पहिलो एक दिवसीय खेलमै सतक प्रहार गर्ने दक्षिण अफ्रिकाका तेस्रो ब्याट्सम्यान भएका छन् । यसअघि कोलीन इन्ग्राम र टेम्बा बाभुमाले यस्तो रेकर्ड बनाएका थिए ।

दक्षिण अफ्रिकाका तर्फबाट जाँ–पल डुमिनीले ७० बलमा ९२ रन बनाएका थिए । पाँच खेलको यस प्रतियोगितामा अफ्रिका २–० ले अघि रहेको छ ।  श्रीलंकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ