arrow

फर्कियो नेपाली टिम उत्साहसहित, पारस भन्छन् –अब झन् चुनौती

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
nepali-cricket.JPG

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल फर्किएको छ । नेपाली टिम सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 

नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेसंगै नेपालले कीर्तिमानी जित हात पारेको थियो । 

साढे ४ महिनाअघि एक दिवसीयको मान्यता  पाएको नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्ड्ससंग ५५ रनको हार बेहोरे पनि दोस्रो खेलमा भने फर्ममा फर्किएको हो । 

विश्वकप नै खेलिसकेको टिमलाई हराउन सजिलो नभए पनि नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर नयाँ अध्याय थालेको छ । 

विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै कप्तान पारस खड्काले राम्रो उपलब्धि हासिल गरेको प्रतिक्रिया दिएका छन् । उनले जतिसक्यो खेलहरु खेल्ने र त्यसले उत्साह बढाउने बताए । 

पारसले अन्तिम खेलमा १ रनको जित हासिल गर्दाको क्षणबारे भने, ‘देशका लागि खेल्दा सधै दबाबमा भइन्छ ।’

उनले अब एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्नुपर्ने र आगामी दिन झन् चुनौतीपूर्ण भएको बताए । उनले एसिया कपमा छनोट हुन सके भारत र पाकिस्तानसंग खेल्न पाइने भएकाले थप मेहनत गर्नुपर्ने बताए । 

 

नेपालले चार वर्षको मान्यता पाएको छ एक दिवसीयका लागि । यसको भरपूर प्रयोग गर्नुपर्ने खेलाडीहरुले बताएका छन् । उनीहरुले क्रिकेट बोर्ड सशक्त हुनुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ