arrow

सैनामैनामा कालोपत्रेले निम्त्याएको खुशी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २१ सोमबार
kalopatre.jpg

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ मा रहेको कोलाकान्त खनालको घर देखि इंगुरिया जाने बाटो कालोपत्रे भएपछि त्यहाँका जनता हर्षित भएका छन् । स्थानीयवासी धर्मागत बस्याल अनुभव सुनाउँदै विगतमा यही बाटो हातमा चप्पल लिएर हिंड्ने स्थिति थियो, घोडाघोडासम्म हिलाम्मे भइन्थ्यो तर आज बाटो बनेपछि यहाँका बासिन्दाले राहत महशुस गरेको बताउँछन् ।

सडक निर्माण अनुगमन समितिका चक्र खनालले अत्यन्त मेहनतका साथ निर्माण समितिले बाटो निर्माण गरेको बताएका छन् । सैनामैना नगरपालिकाको रु २८,००,००० उपभोक्ता समिति बाट रु १२,२३,७०१.१ गरी कुल रु ४०,२३,७०१.१ लागतमा ६०० मिटर बाटो कालेपत्रे भएको हो ।

सो बाटोको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर कार्कीले लागत सहभागिता बिनाको कुनै पनि योजना गुणस्तरीय हुन नसक्ने बताएका थिए । उनले लागत सहभागिताले योजनाहरू गुणस्तर र दीर्घकालीन हुने खालका हुन्छन् र लागत सहभागिताले जनतालाई प्रत्यक्ष विकास निर्माणको काममा सहभागी गराउने बताए । 

कार्यक्रममा बोल्दै सैनामैना न।पा को उपप्रमुख विना रानाले समग्र नगरको विकासमा आफूहरू लागेको र वडाहरूबाट आएका योजनाहरूलाई आवश्यकतानुसार प्राथमिकतामा राखेर अगाडि बढाइएको बताइन् । कार्यक्रममा वडाअध्यक्ष वसन्त पाण्डेले वडाको समग्र विकासमा जन प्रतिनिधिहरू २४ घण्टा खटिएको र यस वडाको विद्युत् र पोलको ९५ प्रतिशत काम भइसकेको बताएका थिए । ने।क।पा का नेता नरबहादुर घर्ति मगरले यो वाटो वडा नं ६ कै सबै भन्दा पुरानो भएको स्मरण गर्दै बाँकी रहेको बाटो यथाशीघ्र कालोपत्रे गर्न नगरपालिकासंग अनुरोध गरेका थिए । 

स्थानीयस्तरमा रहेका समस्याहरूलाई पहिचान गरी आवश्यकताको आधारमा प्राथमिकतामा राखेर योजना बनाउन जनप्रतिनिधिसमक्ष उनले आग्रह गरे । “समग्र जनताको भावना बुझेर विकास निर्माणको योजना अगाडि बढाउनु होला” घर्ति भन्छन् । करिब १५० जनाको उपस्थितिमा यो बाटोको उद्घाटन गरिएको थियो । 

बाटो निर्माणपछि समग्र उपस्थित जन समुदायमा एक प्रकारको खुसी नै छाएको थियो । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिकला काफ्लेको अध्यक्षता सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यता एवं उपभोक्ता समितिका सचिव सन्तोष खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ