गुल्मीमा जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुदैं
रमेश वि.क.,
प्रकाशित २०७५ साउन २१ सोमबार
450
Shares
गुल्मी । गुल्मीमा जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्लामा रहेको बिरभद्र जंग गुल्मका गुल्मपती सेनानी जमनत कार्कीका स्वार्गिय पिता डम्मरबहादुर कार्कीको सम्झनामा डम्मर स्मृति जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँने भएको हो ।
जिल्लाको सदरमुकाम तम्घास स्थित याडमिन्टन कभर्ड हल र फिल्म हलमा यहि आउदो साउन २४ गते देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा जिल्ला भरबाट करिब ७० भन्दा वढी टिमको सहभागिता रहने नेपाल व्याडमिन्टन गुल्मीका अध्यक्ष महेश काउछाले जानकारी दिएका छन । प्रतियोगिताको आयोजकमा नेपाल व्याडमिन्टन गुल्मी र मुख्य प्रयोजकमा गुल्मपती सेनानी कार्कीको परिवार रहेको छ।
५ बिधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार र दोस्रो हुनेले ५ हजार पुरस्कारको व्यावस्था राखिएको आयोजक परिवारका सेनानी जमनत कार्कीले बताएका छन । खेल क्षेत्रमा निकै रुची राख्ने सेनानी कार्कीले गुल्मीमा रहुञ्जेल बिभिन्न खेल खेलडीहरुलाई खेल्नु पर्छ भन्ने भावना जगाउनको लागि यो व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको बताएका छन ।
पछिल्लो समयमा नेपालले खेलकुद मार्फत राम्रो प्रस्तुति राख्दै देशको नामलाई अगाडी ल्याउन सफल रहेकाले यस जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि बिभिन्न समयमा खेलहरुको आयोजना गर्ने कार्कीले भने । खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको छ । जिल्लामा रहुन्जेल खेल क्षेत्रसँगै अरु सामाजिक क्षेत्रमा काम गर्दै जाने उनले बताए ।