arrow

तामाकोशीको लागत बढेकोमा सांसदको चिन्ता, छानबिनको माग

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
upper-tamakoshi.jpeg

काठमाडौं । सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।  प्रतिनिधिसभाको सोमबारको शुन्य समयमा बोल्दै सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राखिन् ।
 
२०६६ सालमा ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको लागत ५० अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा शेयरधनीको टाउकोमा पर्ने भएकाले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

शुन्य समयमा सांसद विमला विश्वकर्माले कानुन निर्माण गर्दा पछाडि पारिएका र अल्पसंख्यको ध्यान दिन आग्रह गरे ।  सत्य पहाडी, शान्ता चौधरीलगायतले बाढीपीडितको उद्दार र राहतमा क्रियाशील हुन आग्रह गरे।

सांसद सरिताकुमारी गिरीले जन्मसिद्ध बाबुआमाका छोराछोरी नागरिकताबाट बञ्चित भएको भन्दै ध्यानाकर्षण गराइन् । लक्ष्मी परियार, समीना हुसेनलगायतले बलात्कारका घटना वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ