arrow

रेनोको एक्सचेन्ज कार्निभल मेला श्रावण २९ गतेसम्म

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
carnival-offer.jpg

काठमाडौं। कार प्रेमीहरुका लागि यहि श्रावण २२ गते देखि श्रावण २९ गतेसम्म नेपालभरी रेनो क्याप्चर कार्निभल मेला सुरु भएको छ। नेपालमा रेनोको आधिकारिक विक्रेता विशाल समूहको सहायक कम्पनी एडभान्स अटोमोबाईल्सल मेला सुरु गरेको हो। 

अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन्। रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज गर्न सकिनेछ।

अभियानले ग्राहकलाई तीन लाख बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराउने कम्पनीले बताएको छ।

ग्राहकहरुले प्रत्यक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न पनि सक्नेछन्। रेनो क्याप्चर कार्निभल मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ