मकवानपुर। हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा रहेको ओम्याक्स थ्रीडी फिल्म हलमा आगलागी भएको छ।
विहान ९ वजेदेखि लागेको आगो नियन्त्रणमा लिन भएको प्रयास करिव ३ घण्टापछि सफल भएको थियो।
उपमहानगरपालिकाको दमकल, अमलेखगञ्जको नेपाल आयल निगम र चितवनमबाट आएको दमकलको सहयोगमा स्थानिय प्रहरी सेना शसस्त्र र स्थानियबासीले आगलागी नियन्त्रणमा सहयोग गरेका थिए।
चलचित्र विकास वोर्डको सदस्य नरेन्द्र महर्जनले सञ्चालनमा ल्याएको हलमा विहान एक्कासी आगलागी भएको हो
आगलागीबाट हलको पर्दा, प्रोजेक्टर, कुर्सी लगायत जलेर क्षती भएको छ।
करिव १ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्टेज कार्यक्रमको तयारी भइरहेको अवस्थामा आगलागी भएको हो।