arrow

गणेशमान राष्ट्रिय पुरस्कारबाट अँधेरी सामुदायिक वन सम्मानित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन २५ शुक्रबार
palpa_vipdbyOFZ8.jpg

पाल्पा । यस वर्षको गणेशमानसिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार जिल्लाको अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ ।

तानसेन नगरपालिका ९ स्थित उक्त वनले वन क्षेत्रको विकासमा पुर्‍याएको महत्वपूर्ण योगदानको मूल्याङ्घन गर्दै सरकारले सम्मान गरेको हो ।  सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले  सो राशीको पुरस्कार प्रदान गरेका छन् ।  

सरकारले प्रदान गर्दै आएको एक लाख नगदसहितको पुरस्कार अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुरेश कुमार भट्टराईलाई मन्त्री बस्नेतले प्रदान गरेका हुन् ।   

सामुदायिक वनले जिल्लामा लोपउन्मूख रुपमा रहेको गिद्धा  संरक्षण र वन संरक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रथम राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि  अँधेरी छरछरे सामुदायिक वनका अध्यक्ष भट्टराईले आफुहहरुले गरेको कामको सरकारले मूल्याङ्घन गरेको बताए । उनले आगामी दिनहरुमा जिल्लाको वन संरक्षणमा अझ सशक्तरुपमा लाग्ने बताए ।

  सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ ।  कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले सरकारले मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै जाने नीति लिएको पनि बताए  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ