arrow

यसकारण हुन्छ सुन तस्करी

सुन आयातदेखिको नालीबेली 

logo
प्रकाशित २०७५ साउन २६ शनिबार
sun.JPG

काठमाडौं । गएको आर्थिक वर्षमा नेपालमा ७ हजार २ सय ८२ किलो सुन आयात भएको छ । यो मात्राको सुन आयात गर्दा ३१ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी भएको छ । 

सुनमा भएको यो लगानीबाट मात्र राज्यले ३ अर्ब ५३ करोड राजश्व उठाएको छ । रमाइलो र अर्थपूर्ण के छ भनेः गत वर्षको साउनदेखि गत असारसम्मको १२ महिनामा नेपालमा आयात भएको २२ अर्ब रुपैयाँ भन्दा बढीको ५ हजार ५० किलो सुन कुन मुलुकबाट आयात भएको हो भन्ने, सरकारी निकाय आफैंले खुलाएको छैन । तर उसले नाम नखुलाएको ठाउँबाट आयात भएको ५ हजार बढी किलो सुनको आयातबाट २ अर्ब १२ करोड रुपैयाँ बढी राजश्व उठाइएको भनेर इमान्दारिता देखाउने प्रयास भने गरेको छ ।

नाम तोकेरै भन्दा, नेपालमा सबभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट १ हजार ६ सय १२ किलो सुन आयात भएको छ, गत आर्थिक वर्षमा । त्यसपछि, टर्कीबाट ३ सय ५० किलो, स्वीजरल्याण्डबाट २ सय किलो, बेल्जियमबाट ५० किलो र चीनबाट १५ किलो सुन आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो अबधीमा अमेरिकाबाट २ किलो सहित खाडीका साउदी अरेबिया, कतार, मलेशिया र थाइल्याण्डबाट एक एक किलो सुन आयात भएको देखिन्छ ? 

एक वर्षको अबधिमा ७ हजार २ सय ८२ किलो सुन आयात । वर्षमा ३ सय ६५ दिन । हप्ताको एक दिन शनिबार सुनको कारोबार हुँदैन बाणिज्य बंैकहरुबाट । नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ अनुसार दैनिक २० किलो सुन नेपाली बजारमा वितरण हुन्छ, हिसाब गर्दा सरदर २१ किलो सुन बाणिज्य बैंकहरुले सुन व्यवसायीलाई बिक्री गर्र्दै आएका छन् । माग ३५ किलो भन्दा बढीको छ । यसको अर्थ बजारमा सुनको अभाव छ माग र वितरणको हिसाब गर्दा । 

केही तथ्यांक 
भन्सार विभागको तथ्यांकले स्पष्ट पारेको छ, नेपाली बजारमा भन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अत्यन्तै सस्तो छ । माथिको टेबलबाट सजिलो हिसाब गर्दा, साउदी अरबबाट एक किलो सुन ल्याउँदा १८ लाख ४२ हजार, कतारबाट ल्याउँदा २९ लाख ९२ हजार, थाइल्याण्डबाट ल्याउँदा १८ लाख १७ हजार र मलेशियाबाट ल्याउँदा २६ लाख ७३ हजार पर्छ । बेल्जियमबाट ल्याउँदा ४५ लाख ९१ हजार । स्वीजरल्याण्डबाट १ किलो ल्याउँदा,  ४४ लाख ७९ हजार, टर्की ४४ लाख ३८ हजार, यू एइबाट ४४ लाख ८२ हजार र नाम नखुलेका मुलुकबाट ल्याइएका सुन किलोको ४३ लाख ६७ हजारको हाराहारीमा । 

नेपाली बजारमा एक तोला सुनको मूल्य ५६ हजार रुपैयाँको हाराहारीमा छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलाको ५५ हजार ९ सय रुपैयाँ थियो । आज पनि भाउ उही हो । एक किलो सुनमा पुग नपुग ८६ तोला सुन हुन्छ । ५६ हजार रुपैयाँ प्रति तोलाकै हिसाब गर्दा पनि नेपाली बजारमा आज एक किलो सुनको मूल्य ४८ लाख १६ हजार रुपैयाँ पर्छ ।    

अर्को तथ्य के हो भने, नेपाली सुन कारोबारीहरुले सरकारलाई भन्सारदेखि भ्याटसम्मको कर प्रतितोलामा ५ हजारको हाराहारीमा तिर्नु पर्ने भन्दै गनगन गर्ने गरेका छन् (नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानुराज शाक्य) । यो हिसाबले उनीहरुले एक किलो सुनमा ४ लाख ३० हजार अतिरिक्त मूल्य तिर्नुपर्छ । युरोपेली मुलुकबाट ल्याइएका सुन किन्दा उनीहरुलाई खास नाफा छैन । चर्को पर्न थाल्यो भन्दै उनीहरुले भोली आइतबार राष्टङ बैंकसँग कुरा गर्ने तयारी पनि गरेका छन् । तर उनीहरुले जर्दी र ज्यालामा उपभोक्ताको ढाड सेकिहाल्छन् । 

तस्करीको कारण ?
यी तथ्यांक हेर्दा थाइल्याण्ड, साउदी अरब र मलेशियाबाट सुन ल्याउँदा अति सस्तो पर्छ। कहाँको किलोको १८ र २९ लाख, कहाँको ४८ लाख । मार्जिन मात्रै १९ लाखदेखि ३० लाख रुपैयाँसम्म । युरोपेली बजार बेल्जियम, स्वीजरल्याण्ड र टर्कीबाट ल्याउँदा भने मार्जिन ४ देखि ५ लाख रुपैयाँसम्मको हुन्छ प्रतिकिलोमा, यदि सरकारको आँखा कान छलेर भित्र्याउन सकेमा । आखिर एक किलो सुन बाइ चान्स भिœयाइहाल्न र बेच्न सकेमा ४ लाखदेखि ३० रुपैयाँसम्म कमाउन सकिन्छ भने, आपराधिक गतिविधिमै रमाएर धन कमाउन

चाहनेले सुन तस्करी किन गर्दैन त ? 
चीनबाट ल्याइएको सुनको कुरा गर्ने हो भने त विश्वास गर्न पनि मन लाग्दैन । भन्सार विभागले तथ्यांक दिएको छः गएको १२ महिनामा चीनबाट २ लाख ३ हजारमा १५ किलो सुन आयात हुँदा राज्यलाई २० हजार रुपैयाँ कर मिलेको छ । के खालको सुन हो यो? कतै लसुनलाई सुन भनेको त होइन विभागले ? लसुन त यत्ति महंगो पर्नु नपर्ने फेरी !  
                              हेर्नुस् सुन आयातको तथ्यांक(आर्थिक वर्ष २०७४/७५)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ