arrow

वागलुङ जैदीका एकाघरका ब्रेन ट्युमर र मृगौला पीडीतलाइ सहयोग  

पीडीतहरुले थप उपचारका लागि गरे सहयोगको याचना

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
help-cancer-kidney-patient.jpg

वागलुङ। बागलुङको जैमिनी नगरपालिका ७ जैदीका एकै घरका दुई जना ब्रेन ट्युमर र मृगौला फेल भइ पीडीत भएका विभूती राना र हेमबहादुर रानालाई उपचारका लागी सहयोग रकम हस्तान्तरण गरिएको छ। काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेको उनीहरुलाई शनिबार नगद रकम हस्तान्तरण गरिएको हो।

नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्य राजन गिरीको संयोजन र क्षेत्रीय  समिति कान्तो जापानका संयोजक यदुराम सापकोटाको विशेष सक्रियतामा नगद १ लाख सहयोग रकम जुटाई पीडीत विभुती रानालाइ उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

मस्तिष्क क्यान्सरबाट पीडीत रानालाई जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजको अस्पतालमै पुगेर नेपाली काँग्रेस बागलुङका महासमिति सदस्यद्वय जगदीशचन्द्र उपाध्याय, भीम श्रीस र सो सहयोगका लागि समन्वय गर्ने नेविसंघ सहमहामन्त्री एवं नेपाली काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधी हरिहर शर्मा र नेविसंघ बागलुङका पूर्व सभापति टिका पौडेल सहितको टोलीले नगद  ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका थिए । त्यस्तै मृगौला पीडीत हेमबहादुर रानालाई सोही टोलीले नगद रकम ५० हजार हस्तान्तरण गरेको थियो।

नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानका पदाधिकारी सदस्य एवं सुभेच्छुकहरुबाट रकम संकलन गरी पठाइएको नेजस जापानका केन्द्रीय सदस्य राजन गिरीले जानकारी दिए । 

ब्रेन ट्युमर पीडीत विभुती राना विगत ५ बर्षदेखि उपचार गराइरहेकी छन्। अहिलेसम्म २० लाख भन्दा बढि खर्च भइसकेको छ। उनको थप उपचार खर्च नभएकाले सबैलाई सहयोग गर्न पीडीत परिवारले अपिल गरेको छ। आफ्नो छोरीको उपचार खर्च गर्न बाँकी केही नभएकाले थप उपचारका लागी सवैलाई सहयोग गर्न पीडीत रानाकी आमा विनिता पण्डित रानाले आग्रह गरेकी छन्।

३ बर्षको उमेरमा बीर हस्पिटलमा रानाको अपरेसन गरिएको थियो । पीडीत रानाका लागी सहयोग गर्न चाहनेहरुले पीडीतकी आमा विनिता पण्डित रानाको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्वर ०२८०५०८०३८९५८७ र सिधा सहयोग गर्न चाहनेका लागि मोबाइल नम्बर ९८५११३०२८१ रहेको छ । 

यता मृगौला पीडीत २८ बर्षीय हेमबहादुर राना विगत ७ बर्षदेखि उपचार गराइरहेका छन । काठमाडौंस्थित राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा उपचाररत थापाको मृगौला प्रत्यारोपण गर्नुपर्नेछ। तर, मृगौला प्रत्यारोपणमा सहयोग गर्न कुनै व्यक्ति भेटिएको छैन। राना मृगौलाको डायलासिस गरिरहेका छन्। आफन्त र दाजुभाइसँग ऋण लिएर उपचार गराइरहेका रानाको आर्थिक अवस्था कमजोर छ।  थप उपचार खर्च अभाव रहेकाले आफ्नो जीवना रक्षाका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन्। रानाको उपचारका लागी सहयोग गर्न चाहनेलाई सुदीप गिरीको राष्टिय बाणिज्य बैंकको खाता नम्बर ३४०००१२५१३१० रहेको छ।

नेविसंघ सहमहामन्त्री हरिहर शर्माले यस्ता मानवीय सहयोगका निम्ति निरन्तर समन्वय गर्न क्रियाशील हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ