इमरान खानको सपथग्रहण समारोहमा नभजोत सिद्धु सहभागी हुने
प्रकाशित २०७५ साउन २७ आइतबार
779
Shares
चन्डीगढ, भारत ।भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।
पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए ।
पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिएका छन् ।
यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिएका छन् । उनले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिएका छन् ।
पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटीआई) ले अगष्ट ११ को सट्टा अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने जानकारी दिएको छ । एएनआई