जर्मनी कार औदीको व्यापार करिव १८ प्रतिशतले चीनमा वृद्धि
प्रकाशित २०७५ साउन २८ सोमबार
249
Shares
एजेन्सी। चीनको बजारमा औदीको कारको व्यापारमा वृद्धि भएको छ। जर्मन कार निर्माता कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार सन् २०१८ को सुरुवाती सात महिनाको अवधिमा चीनमा कार व्यापारमा वृद्धि भएको हो। यससँगै चीनको बजारमा औदीको व्यापार उच्च विन्दुमा पुगेको छ। कम्पनीको व्यापारको लागि चीनको बजार निकै महत्वपूर्ण रहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको देखिएको हो।
औदीले यस वर्षको जनवरीदेखि जुलाई महिनासम्मको अवधिमा तीन लाख ५९ हजार कारहरुको व्यापार गरेको थियो। यो नतिजा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ दशलमव ६ प्रतिशतको वृद्धिको नतिजा हो। जसमा कम्पनीको नयाँ उत्पादनको व्यापारमा भने सामग्र व्यापारको एक चौथाइ रहेको देखिएको छ। यो नतिजा पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव १ प्रतिशतले वृद्धिको नतिजा हो।
गएको जुलाई महिनामा मात्र औदीले चीनमा ५३ हजार दुई सय कारहरुको व्यापार गरेको थियो। वार्षिक हिसाबमा सो महिनामा उसले तीन दशमलव ८ प्रतिशतको वृद्धिदरको नतिजा हासिल गरेको हो। विश्वको सबैभन्दा ठुलो कार बजारको रुपमा रहेको चीनमा पछिल्लो समय कारको माग बढ्दो क्रममा रहेको छ, जसको कारण पनि धेरै कार निर्माताहरु अहिले चीनमा आकर्षित देखिएका हुन्।