हतियार भण्डारमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु
प्रकाशित २०७५ साउन २८ सोमबार
269
Shares
बेरुत, लेबनान। सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन्।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ। इदलिबको सर्मादा शहरमा भएको विष्फोटको कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको अधिकारीले जनाएका छन्। भग्नावशेषलाई हटाउने क्रम जारी रहेकाले मृतकको सङ्ख्यामा केही वृद्धि हुनसक्ने सम्भावना देखिएको अधिकारीहरूले जनाएका छन्। एएफपी