arrow

स्पेनिश सुपर कप फुटबलको उपाधि बार्सिलोनालाई, मेस्सी खुशी

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
barcelona-supercup.jpg

काठमाडौं । स्पेनिस सुपर कप फुटबलको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभियालाई २–१ ले पराजित गर्यो । 

३२ औं संस्करणमा सर्वाधिक १३ औं पटक सुपर कप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभियाका लागि पाब्लो सारावियाले गोल गरे ।  

एक गोलले पछि परेको बार्सिलोनाले उक्त स्थिति उल्टाएर उपाधि जितेको हो । ९ मिनेटमै साराबियाले गोल गरेपछि बार्सिलोना पछि परेको थियो । 

४२ औं मिनेटमा पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

इन्जुरी समयमा सेभियाले पेनाल्टीमा गोल गर्न सकेन । विलियम बेन येदारइन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो । विसाम विन येडरको पेनाल्टी प्रहार गोलरक्षक स्टेगनले विफल पारेका थिए । 

स्पेनिश लिगको नयाँ सिजन सुरु हुनुअघि पाएको यो सफलताले बार्सिलोना कप्तान लियोनल मेस्सीलाई भने उत्साही बनाएको छ । विश्वकप फुटबलमा अर्जेन्टिना राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएपछि मेस्सी निकै नै चिन्तामा थिए । 

व्यवसायिक खेलमा पाएको सफलताले मेस्सी त उत्साही बने नै उनका फ्यानलाई समेत खुशी मिलेको छ । 

Marc-Andre ter Stegen denied Wissam Ben Yedder from the spot in the last minute of the game

The Barcelona goalkeeper conceded the penalty in the first place by fouling Aleix Vidal

Ousmane Dembele celebrated with his team-mates after his goal turned out to be the winner

Dembele scored a stunning looping effort from outside the box with 12 minutes remaining

Sevilla forward Pablo Sarabia had opened the scoring with a tidy finish from a tight angle

Sarabia celebrated with his team-mates after Video Assistant Referee ratified his goal 

Gerard Pique drew Barcelona level by finishing from close range before Dembele hit a winner

Barcelona midfielder Sergio Busquets received a yellow card for fouling a Sevilla player

Lionel Messi cuts a frustrated figure after watching his side concede the opening goal

Barcelona forward Dembele uses his pace to take on Sevilla defender Gabriel Mercado



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ