arrow

आइएमई जनरल इन्स्योरेन्स र सि.पि. अस्पतालबीच 'क्यासलेस' सेवा सम्झौता

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
39059813_664134643971603_2028198765373947904_n.jpg

काठमाडौं। स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि., धनगढी, बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पताल  धनगढी, बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

 उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र सि.पि.अस्पताल, धनगढीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ