arrow

यही ऐन लागू भए भदौ १ देखि चिकित्सकले काम नगर्ने 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
NMA.jpeg

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ । 

ती ऐन अगामी भदौ १ गतेदेखि लागू हुँदैछ । सङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ती ऐन लागू भएपछि चिकित्सकलाई स्वास्थ्य सेवा प्रवाह गर्न अप्ठ्यारो पर्ने जनाएको छ । 

सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठले ऐनमा लापरवाही र बद्नियत शव्दको स्पष्ट व्याख्या नभएको हुँदा ती ऐनका कारण चिकित्सकलाई सेवा गर्न अप्ठ्यारो पर्ने बताए । 

उनले संशोधन गरी लागू नगरिए चिकित्सकलाई अपराधीको जस्तो व्यवहारमा फसाइने भएकाले आफूहरुले भदौ १ गतेदेखि काम नगर्ने चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ