नेकपाका सांसद सुरेन्द्र पाण्डेले संसद नियमावलीको यसरी खिल्ली उडाए
प्रकाशित २०७५ साउन २९ मंगलबार
433
Shares
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सांसद, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधिनिसिभा नियमावलीको खिल्ली उडाएका छन् । सांसद पाण्डलेले यही साउन २८ गते सोमबारको संसद बैठकमा नियमावलीको खिल्ली उडाएका हुन् । प्रतिनिधिसभा नियमावली २०७५ को नियम २० (ञ) मा बैठक चलिरहेको बेला कुनै पनि सांसदले, बैठक कक्षमा फोनमा कुरा गर्न नपाउने किटान गरिएको छ ।
तर, सांसद पाण्डेले हाक्कीदाउ फोन उठाए, आफ्नै पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल, पूर्व अध्यक्ष झलनाथ खनाल, पूर्व स्वास्थ्यमन्त्री खगराजअधिकारीको आसपासमै । सांसद पाण्डले फोन उठाएर कुरा गरेको बेला, चुनाव चिह्न सूर्य लिएर सांसद बनेका नवलपरासीका हृयदेश त्रिपाठी । त्रिपाठीलाई बोल्नका लागि सभामुख कृष्ण बहादुर महराले ३ मिनेटको समय दिएका थिए।
त्रिपाठीले करको बिषयमा सरकारको व्यंग्य गरिरहेका थिए । उनले पाएको समय सकिन केही सेकेण्ड बाँकी थियो । त्यही बेला सांसद पाण्डेलाई फोन आयो । उनले खुसुक्क देब्रे हातले फोन निकाले । पल्याक पुलुक यताउता हेरे । टाउको अलिकति निहुर्याए र देब्रे हातैले फोन समातेर देब्रे कानमा जोड्दै अगाडीपट्टिका कुर्सीले छेकिन खोजे झैं हल्का झुकेर फोनमा कुरा गरे ।
संसद सचिवालयकै कर्मचारीको कन्ट्रोलमा हुन्छ बैठकको दृष्य खिच्ने क्यामेरा । उनीहरुले देखाएको दृष्यमा केही सेकेण्ड मात्रै उनले मोबाइलमा बोलेको देखिन्छ । त्यसपछि क्यामेराले फेरी सांसद त्रिपाठीलाई नै फोकस गर्यो । नियम उल्लंघनकर्ता सांसद सुरेन्द्र पाण्डेले राहत पाए । बैठकमा सहभागी सांसदलाई अनुशासित बनाउन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० मा १० वटा नियम राखिएको छ । तर सांसद आफैं नियमको उल्लंघन गर्छन् । के लाग्छ जब बाटो देखाउने अगुवा नै .....हुन्छन् भने !
हेर्नुस् के भन्छ नियमले :
नियम मिच्नु अभद्रपन हो । सांसदले अभद्र व्यवहार देखाएमा कार्वाही गर्ने अधिकार सभामुखलाई दिइएको छ । नियमावलीको परिच्छेद ६ मा बैठकको सुव्यवस्था सम्बन्धी व्यवस्था पनि गरिएको छ । यो परिच्छेदको नियम ३० देखि ३५ सम्म नियम उल्लंघनकर्ता सांसदलाई चेतावनी दिने, बैठक कक्षबाट निष्काशनको आदेश दिने, बाहिर जान नमानेमा मर्यादापालक लगाएर निकाल्न सक्नेदेखि, सभाको निर्णय अनुसार १५ दिनसम्म निलम्बन गर्ने अधिकार समेत दिएको छ । तर, सभामुख ज्यूलाई गाह्रो पनि छः नियम मिचे भनेर पूर्व अर्थमन्त्री त्यसमाथि आफैंले चुनाव जितेर आएको पार्टीका बरिष्ठ नेतामाथि कसरी कार्वाही गर्नु । बरु नदेखे झैं गर्यो, टन्टै साफ ।