arrow

काठमाडौं उद्योग वाणिज्य संघमा कृष्णमान श्रेष्ठ

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
ktm-chamber.jpg

काठमाडौं । काठमाडौ उद्योग वाणिज्य संघ(काठमाडौं चेम्वर अफ कमर्श) गठनसँगै नयाँ कार्यसमिति निर्वाचित भएको छ। नेपाल चेम्वर अफ कमर्श महासंघीय संरचनामा गएसँगै काठमाडौंमा पनि यसको शाखा गठन भएको हो।

संघको नेतृत्वमा कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल चेम्वर अफ कमर्शका प्रदेश नम्वर ३ का संयोजक तथा केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठको अध्यक्षतामा काठमाडौ उद्योग वाणिज्य संघ(काठमाडौं चेम्वर अफ कमर्श) गठन भएको छ।

संघको प्रथम उपाध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमृत द्वा, महासचिवमा कृष्णहरी महर्जन, सचिवद्वयमा टेक बहादुर शाक्य (अञ्जन) र रुपेश प्रधान, कोषाध्यक्षमा सुनिता वैध (श्रेष्ठ), सहकोषाध्यक्षमा पवित्र वज्राचार्य चयन भएका छन्। संघको कार्यसमिति सदस्यहरुमा कुलप्रसाद न्यौपाने, पवन कुमार अग्रवाल, मनोजबाबु श्रेष्ठ, सोनाम शेर्पा, विजयकुमार महर्जन, वासुदेव गिरी र विदुर धमला रहेका छन्।

संघका अध्यक्ष कृष्णमान श्रेष्ठले काठमाडौं जिल्ला भित्र रहेका सबै उद्योगी व्यवसायीलाई संघमा आवद्ध हुन पनि आह्वान गर्दै भनेका छन्, ' देश संघीय संरचनामा गइसकेपछि महासंघीय तथा संघीय संरचनामा गएको चेम्वरको काठमाडौं शाखामा आवद्ध हुने सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछु।'

नेपालकै उद्योगी व्यवसायीहरुको सबैभन्दा पुरानो संस्था चेम्वर अफ कमर्श महासंघीय संरचनामा गएपछि देशव्यापी रुपमा गठन र विस्तारको क्रममा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ