arrow

सर्वोच्चले किष्ट कलेजको कान समात्यो

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
Supreme-Court4.jpg.jpeg
काठमाडौँ। किष्ट मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गर्न भर्नाका लागि छनोट भएका मनोज यादवलाई तीन दिनभित्र भर्ना दिलाइ पढ्न दिनु भनी सर्वोच्च अदालतले आज त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नाममा अन्तरिम आदेश जारी गरेको छ। 
 
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यदि भर्ना छनोटका लागि नाम निकालिसकेको भए विशेष सिटको व्यवस्था गरेर भएपनि तीन दिनभित्र भर्ना गर्न अन्तररिम आदेश दिएको हो। 
 
आदेशमा भनिएको छ– “निवेदकसँग तोकिएको शुल्क लिएर तीन दिनभित्र भर्ना दिलाइ पढ्न दिनु।” यादवले नाम छनोट भइसकेपछि भर्नाका लागि जाँदा कलेजले आलटाल गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमक्ष निवेदनसमेत दिएका थिए। 
 
शिक्षामन्त्रीले दिएको निर्देशनअनुसार पनि भर्ना ढिलाइ भएपछि यादवले सर्वोच्च अदालतमा माघ ४ गते रिट निवेदन दर्ता गरेका थिए । 
 
सर्वोच्च अदालतले योग्यताअनुसार छनोट भएको विद्यार्थी सर्तबमोजिम भर्ना हुन नसकेको र शैक्षिकसत्रसमेत व्यतित हुन लागेको अवस्थामा विद्यार्थीको भविष्य अन्योलमा पर्नसक्ने भन्दै तीन दिनभित्र भर्ना गर्न आदेश दिएको हो । 
 
सर्वोच्चले कलेज व्यवस्थापनको कान समात्ने यो आदेशले कलेजको चेत खुल्ने विश्वास गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ