arrow

जापानविरुद्ध नेपालको बहादुरीपूर्ण प्रदर्शन

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
asiad-football.jpg

काठमाडौं । इन्डोनेसियामा जारी एसिया कप अन्तर्गत फुटबलमा नेपालले जापानविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको छ । यसअघिका संस्करणमा जापानसंग फराकिलो अन्तरले पराजित हुँदै आएको नेपालले यसपटक भने मात्र १–० को झिनो अन्तरको हार बेहोर्यो । 

डिफेन्स लाइनलाई मजबुद बनाउँदै गर्दा जापानले ७ मिनेटमै गोल गर्यो । त्यसपछि भने जापानको प्रहारलाई डिफेन्सले निस्तेज पार्यो । यसअघि तीन खेलमा १४ गोल खाएको नेपालले अहिले एक मात्र गोल खानुलाई बहादुरी प्रदर्शनका रुपमा लिइएको छ । 

नेपालले जापानसंग ४ खेलमा १५ गोल खाएको छ । एक गोल पनि फर्काउन भने सकेको छैन । मंगलबारको खेलले एसियाको पावरहाउस विरुद्ध यु–२३ को टिमले गरेको प्रदर्शनले नेपाली सिनियर टिम पनि भोलिका दिनमा सशक्त बन्ने आशा गर्न सकिन्छ । 

नेपालले समूहमा अब भियतनाम र पाकिस्तानसंग खेल्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ