arrow

इलामको गजुरमुखी चेस क्लबको सनशनीपूर्ण प्रदर्शन, दुई चरणको खेल अघि नै सेमिफाइनल नजिक

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
chess2.jpg

ललितपुर । इलामको गजुरमुखी चेस क्लबले सनशनीपूर्ण प्रदर्शन गरेको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा तुल्सीलाल अमात्य स्मृति चौथौ राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसीपमा गजुरमुखीले दुई चरणको खेल अघि नै आफूलाई सेमिफाइनल नजिक पुर्याएको छ । गजुरमुखी १० अंकका साथ अग्रस्थानमा रहेको छ ।
पाँचौं चरणको खेल समाप्त हुँदा अपराजित रहेको गजुरमुखीले चौथौ खेलमा गोल्डेनगेट कलेजलाई र  पाँचौं खेलमा आयोजक ललितपुर स्पोर्टस क्लबलाई समान २.५ – १.५ अंकले पराजित गरी सनसनी मच्याएको हो । 

पाँचौं चरणको खेलमा गजुरमुखीका फिडेमास्टर मनिषहमाल र पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली, कृष्ण थापा र फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा प्रकाश नेपाल र जनार्दन श्रेष्ठबीचको खेल बराबरी भयो भने गजुरमुखीका रिजेन्द्र राजभण्डारीले सजिनमहर्जनलाई माथ गरी टीमलाई बिजयी गराए ।
 
त्यसैगरी ललितपुर जिल्ला खेलकुद विकास समिति र गोल्डेनगेट कलेज समान ८ अंक सहित संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन् । जिखेविस ललितपुरले थापाथलि चेस पार्कलाई २.५ – १.५ अंकले तथा गोल्डेनगेटले मखन चेस क्लबलाई ३–१ अंकले हराए । 

जिखेविस ललितपुरका अशोकमोहन श्रेष्ठ र सुरज महर्जनले जीत निकाले भने बाबुराजा महर्जन र आशिष फूयाँलबीचको खेल बराबरी भयो । थापाथलिका शुशिल चौधरीले राधाकृण महर्जनलाई हराएका थिए ।

त्यस्तै गोल्डेनगेटका केशव श्रेष्ठ, सुरवीर लामा र मदनकृष्ण कायस्थले सफलता हात पारे भने मखनका राजेन्द्र प्रसाद श्रेष्ठले भुपेन्द्र निरौलालाई निरास पारे ।

स्वीस लिग ७ चरणको खेल हुने प्रतियोगितामा भक्तपुर जिल्ला बुद्धिचाल संघ, ललितपुर स्पोर्टस क्लब र युनिग्लोब चेस टीम पुतलीसडकले समान ७ अंकका साथ संयुक्तरुपमा तेश्रो स्थानमा रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ