arrow

मोबाइलबाटै रोगहरु जाँच्न मिल्ने हेल्थ चिप्स ल्याउँदै एप्पल 

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
apple.png

काठमाडौं । एप्पल कम्पनीले हेल्थ चिप्स बनाउनका लागि एउटा टोली बनाउने तयारी गरिरहेको छ । कम्पनीले आफ्ना डिभाइसहरुमा स्वास्थ्यसम्बन्धी विवरणहरु राख्न सहज हुने गरी यो चिप्स ल्याउने तयारी गरेको हो । 

पछिल्लो समय एप्पल आफ्नो प्रोसेसरहरुको विस्तार गर्ने दिशामा अघि बढिरहेको छ । जसले मानिसको स्वास्थ्यसम्बन्धी विवरणहरु लिनसक्छ । कम्पनीको योजनाअनुसार यस किसिमको विवरणहरु आईफोनमा प्रयोग गरिनेछ । 

यो चिप्स सन् २०२० सम्ममा आइपुग्ने बताइएको छ । जुलाई महिनामा एप्पलको हेल्थ सेन्सिङ हार्डवेयर टोलीले आफूहरु नयाँ सेन्सरहरुका साथै सेन्सिङ प्रणालीको विस्तारको लागि अघि बढिरहेको विवरण सार्वजनिक गरेको थियो । त्यसका लागि आफूहरु पुरातन तथा डिजिटल  प्रणालीहरुको पनि विस्तार गर्ने दिशामा अघि बढिरहेको टोलीले बताएको थियो । 

यद्यपि उक्त सेन्सरले कसरी काम गर्छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । यद्यपि यसले मानिसको शरीरबाट उक्त विवरणहरु लिने अनुमान गरिएको छ । 

पछिल्लो समय एप्पल स्वास्थ्यक्षेत्रमा आफ्नो बजार विस्तारको लागि अघि बढिरहेको छ । साथै एप्पलको वाचहरु पनि प्रकाशको सेन्सरमा काम गर्नसक्ने बताइएको छ । जसको सहयोगमा उसले मानिसको मुटुको गति पनि मापन गर्नसक्ने बताइएको छ । 

एप्पलले स्वास्थ्यसम्बन्धी विभिन्न जाँचहरु मोबाइलको माध्यमबाट गर्न सकिने गरी यो फिचर्स ल्याउन लागेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ