arrow

सन्दीपको जादू कायमै, एक ओभरमै दुई विकेट हातमा

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
sandip-lamichhane.jpg

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएलमा जादूमयी प्रदर्शनलाई निरन्तरता दिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलिरहेका सन्दीपले जमाइका तल्लावाजविरुद्ध बिहिबार २ विकेट लिए । उनले दुवै विकेट एकै ओभरमा लिएका हुन् । 

सन्दीपले ४ ओभरमा २१ रन खर्चेका थिए । सन्दीपले ओपनर केनर लेविस २३ बलमा ४९ रनको आक्रमक इनिङ्स खेलिरहँदा कुपरको हातबाट क्याच आउट गराए । त्यसको दुई बलमै उनले आन्द्रे मकार्थीलाई क्लिन बोल्ड गरे ।

अन्य बलरले साथ नदिँदा सन्दीपको मात्र योगदान देखियो । जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनायो । जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १३१ रनमात्र बनाउन सक्यो । कप्तान तथा ओपनर क्रिस गेलले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

सन्दीपको टिम ४७ रनले पराजित भयो । सन्दीपले प्रतियोगिताको तीन खेलमा ५ विकेट लिइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ